हिरो ग्लयामर नयाँ आकर्षक हेडलाइटमा आउँदै



एजेन्सी । हिरो मोटोकर्पले आफ्नो १२५ सीसीको मोटरसाइकल ग्लायमर १२५ नयाँ अवतारमा ल्याउने भएको छ ।

कम्पनीले आफ्नो आधिकारिक सोसल मिडिया ह्यान्डलमा ग्लयामरको नयाँ हेडलाइटको टिचर जारी गरेको छ । यस टिजरमा मोटरसाइकलमा नयाँ एलईडी हेडलाइट सेटअपका साथ देखिएको छ ।

उक्त तस्विरअनुसार ग्लयामलरको हेडलाइटमा ‘एच’ सेपको एलईडी डीआरएल लाइट लगाइएको छ । साथै, लो र हाई बीमका लागि स्प्लिट सेटअफ दिइएको छ ।

भारतीय मिडियाअनुसार यस ग्लयामर नयाँ हेडलाइटका साथ छिट्टै सार्वजनिक गरिनेछ । हिरोको नयाँ ग्लयामर १२५ एक्स–टेक भेरियन्टमा केही दिन अघि सार्वजनिक गरिएको थियो । ग्लयामर एक्स–टेकमा ब्लूटूथ कनेक्टिभिटी, डिजिटल डिस्प्ले र नेभिगेशन फिचरका साथ एक प्रिमियिम १२५ सीसी मोटरसाइकलको रुपमा प्रस्तुत गरिएको छ । हिरो ग्लयामर एक्स–टेक ग्लयामर रेञ्जको सबैभन्दा महँगो मोटरसाइकल भएको छ ।

ग्लयामर एक्स–टेक स्ट्यान्डर्ड मोडल जस्तै ड्रम र डिस्क ब्रेक भेरियन्टमा उपलब्ध छ । ग्लयामर एक्स–टेक ड्रमको मूल्य ७८ हजार ९०० भारु र डिस्क ब्रेकको मूल्य ८३ हजार ५०० भारु (एक्स–शोरुम) तोकिएको छ ।

रेगुलर हिरो ग्लयामर मोटरसाइकलको तुलनामा हिरो ग्लयामर एक्स–टेकको डिजाइनमा कुनै परिवर्तन गरिएको छैन । तर, एक्स–टेक भेरियन्टमा एलईडी हेडल्याम्प, एच–सिग्नेचर पोजिशन ल्याम्प, थ्रीडी लोगो, रिम टेप र म्याटे ब्ल्यक कलर स्किमका साथ कोन्ट्रास्ट ब्लू एक्सेन्ट दिइएको छ ।

यी परिवर्तनका कारण रेगुलर ग्लयामरको तुलनामा एक्स–टेकको लुक प्रिमियम देखिन्छ । हिरो ग्लयामर एक्स–टेक भेरियन्टमा कल अलर्ट, एसएमएस अलर्ट, गूगल म्याप कनेक्टिभिटीका साथ टर्न–बाय–टर्न नेभिगेसन र ब्लूटूथ लगायत सेगमेन्ट फस्र्ट फिचर्स पाउन सकिन्छ ।

मोटरसाइकलमा दिइएको डिजिटल डिस्प्ले, गियर पोजिसन इन्डिकेटर, ट्याकोमिटर, ईको मोड, रियल–टाइम माइलेज लगायत जानकारी दिन्छ । यसका साथै हिरो ग्लयामर एक्स–टेकमा एक इन्टिग्रेट यूएसबी चार्जिङ पोर्ट, साइड–स्ट्यान्ड इन्डिकेटर, साइट–स्ट्यान्ड इन्जिन कट–अफ फिचर र आईथ्रीएस स्र्टाट–स्टप सिस्टम पनि छ ।

मोटरसाइकलमा अटो सेल प्रविधि पनि छ । जसको मद्दतले मोटरसाइकल ट्राफिकमा सजिलै चालउन सकिन्छ । मोटरसाइकलमा एउटा सेन्सर पनि जसले मोटरसाइकलको लिन एंगललाई डिटेक्ट गर्छ । मोटरसाइकल पल्टेमा सेन्सरले इन्जिनलाई बन्द गरेर इन्धन आपूर्ति रोक्छ । यसले दुर्घटनाबाट थप क्षति हुनबाट बचाउँछ ।

हिरो ग्लयामर एक्स–टेक इन्जिनमा १२५ सीसी सिन्गल–सिलेन्डर इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनले ११ बीएचपी पावर र १०.६ न्यूटन मिटर टर्क प्रदान गर्छ । यस इन्जिनका साथ फ्यूल इन्जेक्सन प्रविधि र ५ स्पीड गियरबक्स छ ।


क्लिकमान्डु