प्रभु क्यापिटलले ल्यायो ‘समर डिम्याट स्किम’, १ वर्षसम्म निःशुल्क नवीकरण हुने



काठमाडौं । प्रभु क्यापिटलले समर डिम्याट स्किम सञ्चालनमा ल्याएको छ ।

पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटलले डिम्याट सेवामा फरक ढंगबाट सेवा दिँदै आएकोमा हाल ग्राहकलाई डिम्याट सेवा अन्तर्गत नयाँ डिम्याट योजना ल्याएको हो ।

कम्पनीका अनुसार साउन १० गतेदेखि यो योजना सञ्चालन हुनेछ । योजना अन्तरगत ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयरप्राप्त गर्नुहुने गर्नेछन् । यो योजना साउन ३२ गतेसम्म सञ्चालन हुनेछ ।

यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्ने र खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गगरेका ग्राहकले थप १० जनालाई योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोल्न लगाएमा १ वर्षसम्मका लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजना अन्तरगत डिम्याट खाता खोल्न सक्नेछन् । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सकिने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु