भायनेटको आम्दानी घट्यो, सन् २०२१ मा ९६ करोड २० लाख मात्रै हुने प्रक्षेपण



काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेशनले इन्टरनेट बिक्री गरेर सन् २०२१ मा करिब १ अर्ब रुपैयाँ आम्दाानी गरेको छ । कम्पनीले सन् २०२१ मा ९६ करोड ६० लाख रुपैयाँ आर्जन गरेको हो । कम्पनीका अनुसार यो अपरिस्कृति विवरण हो ।

कम्पनीको सन् २०२० मा यस्तो आम्दानी १ अर्ब ६८ करोड ९० लाख रुपैयाँ थियो । जबकी सन् २०१९ मा १ अर्ब १४ करोड ३० लाख र सन् २०१८ मा ९३ करोड १० लाख रुपैयाँ थियो ।

कम्पनीले हालै २ अर्ब ६३ करोड ५० लाख रुपैयाँ ऋणका लागि रेटिङ समेत गराएको छ ।

नेपालको फाइभर बेस्ड इन्टरनेट व्यवसायमा कम्पनीको करिब १२ प्रतिशत हिस्सा छ । कम्पनीले हाल १४ वटा जिल्लामा ४० वटा शाखामार्फत् सेवा प्रवाह गरिरहेको छ । कम्पनीले सन् २०१९ को तुलनामा सन् २०२० मा ३३ प्रतिशत ग्राहक थप गरेको छ ।

कम्पनीमा बिनोद बोहोरा प्रमोटर र चिफ टेक्निकल अफिसर समेत रहेका छन् ।


क्लिकमान्डु