सनराइज बैंकको शाखारहित बैंकिङ्ग र एटीएम सेवा बिस्तार



काठमाडौं । सनराइज बैंकले बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.–२, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६ बर्मेलीटोलस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेक्वामा एटीएम सेवाको शुरुवात गरेको छ ।

शनिबार आयोजित छुटाछुटै कार्यक्रमका शाखारहित बैंकिङ सेवा समुद्घाटन कार्यक्रमको प्रमुख आतिथिमा बारागढी गाउँपालिका वडा नम्बर– २ बिसुनपुर्वाका अध्यक्ष कृष्ण चौधरी, सनराइज बैंक निजगढ शाखाका शाखा प्रबन्धक प्रद्युम्न आचार्यको सभा अध्यक्षता र इलाका प्रहरी कार्यालय बारागढी गाउँपालिकाका प्रमुख उमा शंकर गुप्ताको विशेष आतिथ्यता तथा बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

साथै एटीएम सेवा समुद्घाटन कार्यक्रम सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख सुनिल मण्डलको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण, गणपति सशस्त्र प्रहरी उपरीक्षक धुव्रबहादुर कार्कीको अध्यक्षता र कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम दिनेश यादवको आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा एटीएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत एटीएम सेवा अन्तर्गत एटीएम कार्ड र बिना एटीएम कार्डमार्फत् कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर-७, चुहाडे, उदयपुरमा आफ्नो ७८ औं शाखारहित बैंकिङ्ग सेवाको साउन २ गते शनिबार शुुरुवात गरेको थियो । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु