नेपाल एयरलाइन्स निजीकरण गर्ने कार्य कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने कार्यको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको छ । सर्वोच्च अदालतले रिटमाथिको सुनुवाई गर्दै तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको हो ।

नेपालको लागि नेपालीको पार्टीका तर्फबाट अख्तियार प्राप्त अतिस कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

‘नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी समपूर्ण कार्य जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नु, निजीकरणका सम्बन्धमा कुनै पनि निर्णय नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।


क्लिकमान्डु