छिटो फोन लाग्नेमा एनसेल र धेरै कल बिच्छेद हुनेमा एनटीसी अगाडिः प्राधिकरणको अध्ययन



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं, ललितपुर र भक्तपुरमा गरेको अध्ययनमा सबैभन्दा छिटो फोनकल स्थापित हुनेमा एनसेल अगाडि देखिएको छ भने सबैभन्दा धेरै फोन काटिनेमा नेपाल टेलिकम अगाडि देखिएको छ । गत चैत महिनादेखि जेठसम्म गरिएको परीक्षण विधिमा उक्त तथ्यांक देखिएको हो ।

प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई लक्षित गरी अध्ययन गरेको थियो ।

जसमा कल अवधि ४० सेकेन्डलाई मानिएको थियो भने उक्त समयमा सेवा प्रदायकको आफ्नै नेटवर्कभित्र लोकल कल गरिएको थियो । जसमा कल स्थापना हुन लाग्ने समय र सफलता हेरिएको थियो । जसमा नेपाल टेलिकमको नेटवर्क भित्र ९.३४ सेकेन्डमा कल स्थापना भएको थियो भने स्मार्ट टेलिकममा १०.२७ सेकेन्ड लागेको थियो । तर एनसेलमा भने ५.७ सेकेन्डमै कल स्थापना भएको प्राधिकरणको भनाइ छ । यसरी हेर्दा कल स्थापना हुने सफलताको दरमा एनसेले ९४.४३ प्रतिशत पाएको छ भने नेपाल टेलिकमले ९०.४१ प्रतिशत र स्मार्ट टेलिकमले ८४.४७ प्रतिशत सफलता प्राप्त गरेको छ ।

त्यसैगरी फोनक वा सम्पर्क विच्छेद हुनेमा नेपाल टेलिकमको ०.८७ प्रतिशत र स्मार्ट टेलिकमको ०.४५ प्रतिशत रहँदा एनसेलमा भने ०.२ प्रतिशत मात्रै देखिएको छ ।


क्लिकमान्डु