राष्ट्र बैंकमा ६३ जनालाई जागिर खुल्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६३ जना कर्मचारी मागेको छ । विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी दरखास्त आह्वान गरेको हो ।

८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत् दिनुपर्ने छ ।

सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना माग गरिएको हो । साथै ३० जना कार्यालय सहयोगी पनि मागेको छ । साउन २४ गतेभित्रमा इच्छुक आवेदकले आवेदन दिइसक्नु पर्नेछ ।


पुष्प दुलाल