उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त



काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

‘स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएको खबर पाएर अहिले सिंहदरबारतर्फ जाँदैछु,’ उनले भने ।

श्रेष्ठ ललितपुरमा रहेको लिटिल एञ्जल्स स्कुलका सञ्चालक हुन् । श्रेष्ठको होटललगायतका विभिन्न क्षेत्रमा लगानी छ ।


क्लिकमान्डु