ग्यालेक्सी एफ४२ फाइभजी ग्यालेक्सी ए२२ फाइभजीको रिब्राण्ड हुने



एजेन्सी । सामसङले नयाँ एफ सिरिजको स्मार्टफोन ग्यालेक्सी एफ४२ बजारमा ल्याउने भएको छ ।

कोरियाली कम्पनीले ग्यालेक्सी ए र एम सिरिजका साथ आफ्नो मिडरेञ्ज व्यवसायमा कान्ति ल्याएको थियो । त्यसपछि कम्पनीले एफ सिरिजको स्मार्टफोनको नयाँ लाइनअप शुरु गर्यो ।

यस लाइनअपका स्मार्टफोन क्यामरा केन्द्रित छ । युवा प्रयोगकर्तालाई ध्यानमा राखेर उत्पादन गरिएको हो ।

सामसङ एम र ए सिरिज जस्तो एफ सिरिजले उपभोक्तालाई धेरै आकर्षित गर्न सकेको छैन । किनकि कम्पनीले एफ सिरिज प्रायः बजारमा धेरै ल्याउने गर्दैन ।
ग्यालेक्सी एफ स्मार्टफोनको उपलब्धता केही बजारमा सिमित छ । कम्पनी अहिले ग्यालेक्सी एफ रिलिजको तयारीमा रहेको छ ।

ग्यालेक्सी एफ४२ फाइभजी ए२२ फाइभजीको रिब्राण्ड हो । यो स्मार्टफोनमा ६.६ इन्च आईपीएस फुल एचडीप्लस एलसीडी स्क्रिन छ जसले ६० गिगाहर्ज रिप्रेस प्रदान गर्छ ।

फोनमा ५००० एमएएच ब्याट्री छ । जसमा १५ वाटको चार्जर पाउन सकिन्छ । यसमा ट्रिपल क्यामरा सेटअप छ । पहिलो क्यामरा मोडल ४८ मेगापिक्सल, दोस्रो अल्ट्रावाइड ५ मेगापिक्सल क्यामरा छ । र, तेस्रो २ मेगापिक्सल डेप्स सेन्सर क्यामरा छ । सेल्फीका लागि ८ मेगापिक्सलको फ्रन्ट क्यामरा छ ।


क्लिकमान्डु