बुध्द एयरले पोखरा-नेपालगञ्ज-पोखरा रुटमा उडान शुरु गर्दै



काठमाडौं । बुध्द एयरले काठमाडौं केन्द्रित भइरहेको उडानलाई प्रादेशिक स्तरमा पनि बिस्तार गर्ने भएको छ । बुध्द एयर आगामी अगस्ट १ तारिख अर्थात् साउन १७ गतेबाट पोखराबाट नेपालगञ्जको सिधा उडान भर्न लागेको हो ।

शुरुवातमा साताको ३ दिन अर्थात् आइतबार, बुधबार र शुक्रवार उडान भर्नेछ भने केही समयपछि यात्रुको माग अनुसार दैनिकी उडान भर्ने कम्पनीको योजना छ ।

यस उडानबाट दुबै शहरका जनता लभान्वित हुनेछन् कम्पनीको भनाइ छ । उडानबाट यी दुबै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दुरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतिर पनि पर्यटकीय मुभमेन्ट हुनेछ ।
साथै नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय सहर पोखरा तथा वरिपरी रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।

यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय सहरहरु लखनउ, कानपुरआदि गन्तव्यका पर्यटकहरु पनि आकर्षित हुने बुध्द एयरले विज्ञप्तिमा जनाएको छ ।

बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुबै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु प्नि सञ्चालन गर्नेछन् ।

बुध्द एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पीपीई प्रदान, बीमा र त्यसै अनुरुपको हवाई सेवा जुन अहिले पनि पछ्याईरहेको छ ।

बुध्द एयरसँग हाल ७२ सिटे एटीआर–७२ विमान १० वटा, ४२ सिटे एटीआर–४२ विमान ३ वटा र दुईवटा बीचक्राफ्ट विमान विमान छन् ।


क्लिकमान्डु