प्रभु बैंकको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले समेत खरिद गर्न सक्ने



काठमाडौं । प्रभु बैंकले लिलामीमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार सूचनामार्फत् २ लाख २ हजार १ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।

लिलामी बढाबढ प्रक्रियाद्वारा विद्यमान संस्थापक तथा सर्वसाधारणका लागि बैंकले बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको संस्थापक सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

बैंकको संस्थापक सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले साउन २९ गते भित्र एनएमबि क्यापिटमा आवेदन दिनु पर्नेछ । आवेदकले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर बाँडफाँट साउन ३१ गते गरिने बताइएको छ ।


क्लिकमान्डु