जापान सरकारले नेपाललाई १६ लाख खोप दिने



काठमाडौं । जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा जापानी राजदूत किकुता युताकाले १६ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले ट्विटरमार्फत् उक्त जानकारी दिँदै आगामी भविष्यमा पनि जापान सरकारबाट थप खोपको अपेक्षा गरिएको उल्लेख गरेका छन् ।

जापान सरकारले नेपाललाई दिन लागेको एस्ट्राजेनेका खोप हो ।


क्लिकमान्डु