चीनले बनायो तीव्र गतिमा गुड्ने ट्रेन, अधिकतम गति प्रतिघण्टामा ६ सय किमी



एजेन्सी । चीनले संसारको सबैभन्दा तीव्रगतिको ‘म्याग्लेभ’ ट्रेन सञ्चालनमा ल्याएको छ ।

म्याग्लेभ बुलेट ट्रेन ६०० किलोमिटर प्रतिघण्टाको अधिकतम गतिमा गुड्न सक्छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार नयाँ म्याग्लेभ ट्रेनको शुरुवात चीनको तटीय सहर क्विंगडाओमा मंगलबार गरिएको हो ।

यो ट्रेन चीनको सरकारी कम्पनी चाइना रेल्वे रोलिङ स्टक कर्पोरेसनले निर्माण गरिएको छ । यसलाई संसारकै सर्वाधिक तीव्र गतिको ट्रेनको रुपमा लिइएको छ ।

हाइस्पिड म्याग्लेभ ट्रेन परियोजनाको शुरुवात सन् २०१६ अक्टोबरमा भएको थियो । रिर्पोटका अनुसार सन् २०१९ मा ६०० किलोमिटर प्रति घण्टाको यस ट्रेनको प्रोटोटाइप बनाइएको थियो ।
यसको सफल परीक्षण सन् २०२० जूनमा पूरा गरिएको थियो । यस ट्रेनमा १० डिब्ब लगाइने सम्भावना छ । प्रत्येको क्षमता १०० यात्रीको हुनेछ ।

भूगोलका हिसाबले चीन विश्वकै चौथो ठूलो देश सहरबीचको यात्रा समय कम गर्न हाइस्पिड रेल चीनको उच्च प्राथमिकतामा छ ।


क्लिकमान्डु