नेप्से १८ अंकले बढ्दा ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, म्यूचुअल फण्डमा आकर्षण



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से १८.७५ अंकले बढेर ३ हजार ४.३१ विन्दुमा पुगेको छ । यो दिन ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अबर्ए ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन लगानीकर्ताको आकर्षण म्यूचुअल फण्डमा बढी देखिएको छ ।

यो दिन नगाडी ग्रुप पावर, सीइडीबी हाइड्रो डेभलपमेन्ट कम्पनी, पोखरा फाइनान्स र माउण्टेन हाइड्रो नेपाल कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु