‘युरो कप विथ फोनलोन क्याम्पेन’को विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार



काठमाडौं । फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेन का विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती भएका छन् । उनले सामसङ्गको ५५ इन्च स्मार्ट टिभी जितेका छन् ।

सो क्याम्पेन असार १ गतेदेखि २३ गते सम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक (लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंक)का फोनलोन का प्रयोगकर्ताहरु सहभागी भएका थिए ।

यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोनमार्फत् कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’द्वारा गरिएको थियो ।

यस क्याम्पेनमार्फत् फोनलोनले ग्राहकहरु माझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधा बारे जानकारी गराएको छ ।


क्लिकमान्डु