लुम्बिनी विकास बैंकले जागिर खुलायो



काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न तहका लागि कम्तीमा १ वर्षदेखि ३ वर्षको अनुभव भएको व्यक्तिहरूको माग गरेको हो ।

बैंकले प्रदेश २ मा रहेको कार्यालयका लागि १ जना प्रदेश प्रवन्धकको माग गरेको छ भने पब्लिक रिलेशन म्यानेजर पदमा २ जनाको माग गरेको छ ।

सो पदका लागि बैंकले कम्तीमा व्यवस्थापन सम्बन्धि स्नातक गरेको हुनुपर्ने जनाएको छ । साथै, उक्त पदमा योग्यता पुगेका नागरिकले बैंकिङ सम्बन्धि २ वर्षदेखि ३ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख गरेको छ ।

बैंकले अन्य पदहरूमा पनि कर्मचारी माग गरेको छ । त्यसमा शाखा प्रबन्धक, असिस्टेन्ट, रिलेशन म्यानेजर, अडिटलगायत विभिन्न तहमा माग गरेको छ । बैंकका अनुसार योग्यता पुगेकाहरूले [email protected] मा साउन २० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु