महालक्ष्मी विकासको खुद नाफामा ७१ प्रतिशतको वृद्धि, लाभांश क्षमता करिब १७ प्रतिशत



काठमाडौं । महालक्ष्मी विकास बैंकले खुद नाफा ७१.०२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ३० करोड ४३ लाख रुपैयाँ बढीले थप गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा बैंकले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ५६ करोड ३८ लाख ५५ हजार रुपैयाँ रहेको उल्लेख छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले १६.९६ प्रतिशत लाभांश वितरण क्षमता राख्छ ।

यसैगरी, बैंकले गत आवको असार मसान्तसम्म ३८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.५० प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ५४ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंक ६७.७९ प्रतिशतले सञ्चालन नाफामा वृद्धि गरी १ अर्ब २ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.५२ प्रतिशतले बढेर ३.३२ प्रतिशत पुगेको छ । गत आवको असार मसान्तसम्म बैंकको आधारदर ७.२८ प्रतिशत र स्प्रेडदर ४.५३ प्रतिशत कायम छ ।

गत आवको असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा, मूल्य आम्दानी रेसीयो २०.२९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ७५ पैसा रहेको छ ।


क्लिकमान्डु