तपाईंको फोन स्लो भयो ? ह्याक भएको हुनसक्छ



बीबीसी । तपाईंले प्रयोग गरिरहेको मोबाइलको व्याट्री चाँडै सकिन्छ ? वा तपाईले प्रयोग गर्ने फोनमा उपलब्ध डेटा पनि सोही तरिकाले नै सकिने गरेको छ ? यस्ता खालका समस्याहरु पटक-पटक भोग्ने र व्योहोर्ने मानिसहरु धेरै नै छन् ।

समस्या आयो, समाधान गर्ने तर्फ कतिको लाग्नु भएको छ ? यदि छैन भने तत्काल तपाईंले यस बारेमा खोजबिन तथा शोधखोज थाली हाल्नु उपयुक्त हुन्छ । किनकी, साइबर अपराधीहरुले तपाईंको सोही समस्याका पछाडि लुकेर बसेका हुन्छन् । र, तपाईंको फोन ह्याकसमेत गरेको हुन सक्छ ।

तपाईको मोबाइल फोनमाथि कोही कसैले आक्रमण गरिरहेको कुरा समेत तपाईंलाई थाहा नहुन सक्छ । फोनको सुरक्षाका लागि अदृश्यरुपबाट भइरहेको आक्रमणको बारेमा समेत थाहा पाउनु जरुरी हुन्छ ।

तपाईको महत्वपूर्ण जानकारी एवं प्राइवेसीलाई समेत उनीहरुले ह्याक गरेर सार्वजनिक गरिदिन सक्छन् । हाल फोन ह्याक गर्ने तरिकामा परिवर्तन आएको छ । सोही कारण ह्याकलाई पक्राउ गर्न पनि नसकिने भएको छ । तर, सामान्य सावधानी अपनाउँदा तपाईंको फोन सुरक्षित गर्न सकिन्छ ।

तपाईंको मोबाइल फोनमा असाध्यै बढी मात्रामा डेटा खर्च भइरहेको छ भने पनि त्यो ह्याकिङको संकेत हुनसक्छ । अमेरिकी कम्प्युटर सेक्युरिटी कम्पनी नार्टनका अनुसार अत्याधिक मात्रामा डेटा खचए हुने कयांै कारण हुन सक्छन् । जस्तै एपको अधिक प्रयोग ।

तपाईंले पहिलेजस्तै आफनो फोनको प्रयोग गरिरहनु भएको छ । तर, अत्याधिक मात्रामा डेटा खर्च भइरहेको छ भने त्यसको तुरुन्त परीक्षण गरिहाल्नु जरुरी हुन्छ ।

नार्टनका अनुसार व्याट्री कति मात्रामा खर्च भइरहेको छ । यस बारेमा पनि ध्यान दिनु जरुरी हुन्छ । तपार्इंले आफनो फोन प्रयोग गर्ने तरिकामा कुनै परिसवर्तन गर्नुभएको छैन । तर पनि व्याट्री चाँडै डिस्चार्ज भइरहेको छ भने ठान्नुस् तपाईको फोन ह्याक भइसकेको छ ।

अर्को एक कम्प्युटर सेक्युरिटी कम्पनी क्यास्परस्काईका अनुसार एक ह्याक भएको फोनको प्रोसेसिङको सबै पावर ह्याकरको हातमा नै हुन्छ । सोही कारण तपाईको फोनले असाध्यै सुस्त गतिमा काम गरिरहेको छ । कहिले कहिले त फोनले काम गर्न समेत बन्द गरिदिन्छ । वा कहिले काही त आफै रिस्टार्ट समेत हुन जान्छ ।

क्यास्परस्काईका तथा नार्टनजस्ता दुई कम्पनीका अनुसार तपाईको फोनको सुक्ष्म निरीक्षण गरिराख्नु जरुरी हुन्छ । फोनमा केही एप यस्ता हुन सक्छन् जो तपाईंले इन्स्टल नै गर्नु भएको छैन वा कुनै यस्तो फोन कल जो तपाईंले याद नगरेको पनि हुन सक्छ, त्यसले समस्यामा पारेको हुन सक्छ ।

क्यास्परस्काईका अनुसार तपाईको इमेल वा सामाजिक सञ्जालको अकाण्टमा पनि विशेष ध्यान दिनुस कि कयांै पटक सापवर्ड परिवर्तन गर्ने वा अलग अलग स्थान, जहाँ तपाई जानु भएको छैन । त्यससँग जोडिएको कुनै पनि नोटिफिकेशन त तपाईंको साथमा आइरहेको हुन्छ नै ।

तपाईंको फोन कयौं तरिकाबाट ह्याक हुन सक्छ । तपाईंले एप डाउनलोड गर्ने समयमा सतर्क रहन जरुरी हुन्छ । केहीमा भाइरस हुन सक्छ । आमरुपमा तपाईंको गुगल वा एप्पल स्टोरमा रहेका एप डाउनलोड गर्नु उत्तम हुन्छ ।

नार्टनका अनुसार यदि तपाईको कोही यस्ता व्यक्तिको इमेल वा म्यासेज आएको छ ? जसलाई तपाईले चिन्नु हुन्न । त्यस्ता व्यक्तिको म्यासेजमा रहेको कुनै पनि लिंक क्लिक नगर्नुस् । त्यसमा मालवेयर हुन सक्छ ।

कम्प्युटर सेक्युरिटी कम्पनी मैक्कैफेका अनुसार ह्याकका लागि ब्लूटुथ वा वाइफाइको सहयोगबाट पनि तपाईको फोन ह्याक गर्न सजिलै सक्छन् ।
त्यसकारण तपाईंलाई आवश्यक पर्दैन भने त्यसलाई बन्द गरेर राख्दा नै भलो हुन्छ । क्यास्परस्काईका अनुसार तपाईंले आफनो फोन आफ्नै साथमा राख्नुस् । आफनो डिभाइसमा पासवर्ड सेभ नगर्नुस् तथा एपलाई हरेक समय अपडेट गरेर राख्नुस् ।

सावधानी अपनाउँदा अपनाउँदै पनि कयौ पटक फोनको ह्याक हुने खतरा रहन्छ । यस्तो अवस्थामा नार्टनका अनुसार सबैभन्दा पहिले फोनमा जुन मानिसको फोन नम्बर सेभ गरिएको छ, यसलाई भनिदिनुस् कि मेरो फोन ह्याक भएको छ । मेरो फोनबाट आएको कुनै पनि म्यासेजको लिंकमा कुनै पनि क्लिक नगर्नुस् ।

त्यसपछि कुनै पनि एपलाई हटाइदिनुस । जुन तपाईंलाई लाग्छ कि त्यसबाट ह्याकरले सहयोग प्राप्त गरे । फोनमा एन्टी भाइरस सफ्टवेयर राख्ने सल्लाह समेत दिन सकिन्छ ।

त्यसबाट भाइरसको पहिचान गर्न सकिन्छ । फोनको रिसेट गर्नु पनि अर्को उपाय हुन सक्छ । यस्तै, तपाईले राख्नु भएको सबै पासवर्ड समेत परिवर्तन गरिदिनुस् । फोनमा आक्रमण भएपछि पासवर्ड लिक हुने खतरा बढी हुने भएकाले त्यो जरुरी हुन्छ ।


पुष्प दुलाल