‘द्वन्द्व होइन, समाधन चाहन्छौँ’ भन्दै बैंकका कर्मचारी सडकमा



काठमाण्डौं । वित्तीय क्षेत्रका कर्मचारी कार्यालयको काम नै ठप्प पारेर सडकमा आएका छन् । सामाजिक सुरक्षा कोषमा आवद्धका अन्तुष्टि पोख्दै वित्तीय क्षेत्रका कर्मचारी सडक आन्दोलनमा उत्रिएका हुन् ।

कालो ब्यानरमा कोषका ऐन तथा कार्यविधिमा भएका विमतिको संशोधन माग गर्दै कालोपट्टी बाधेर वित्तीय क्षेत्रका कर्मचारीले गत असारको दोस्रो सातदेखि नै आन्दोलन गरिरहेका छन् ।

सोही आन्दोलनलाई निरन्तरता दिँदै साउन ४ गते सोमबार कर्मचारीहरुले कोषविरुद्ध नाराबाजी गर्दै काठमाण्डौंका विभिन्न स्थानमा परिक्रमा गरे । सोमबाको र्यालीमा वित्तीय क्षेत्रका कर्मचारी र प्रहरीबीच केही झडप समेत भएको थियो ।

वित्तीय क्षेत्रका कर्मचारीले कोषमा भएका विमत्तिका बुँदामा संशोधनको गर्दै आवद्धता स्वेच्छिक बनाउन माग गरी सर्वोच्चमा मुद्दा समेत दर्ता गराएका छन् । जसको सुनुवाई साउन ५ गते राखिएको छ ।

अदालति सुनुवाई नभएसम्म कोषमा केही बैंकका व्यवस्थापनले जबर्जस्ती आवद्ध गराएको भन्दै त्यसप्रति समेत कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन् ।

कोषविरुद्धको आन्दोलन नेपाल वित्तीय संस्था कर्मचारी संघको अगुवाइमा भइरहेको छ । जसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुका कर्मचारीले देशव्यापी रुपमा यसलाई निरन्तरता दिइरहेको छन् ।

‘द्वन्द होइन सामाधन चाहन्छौँ’ भन्दै हातमा कालोपट्टी र कालो ब्यानर प्रदर्शनी गरी भइरहेको कर्मचारीको आन्दोलनले पुर्याउने क्षतिको जिम्मेवार कोष नै हुने कर्मचारीको भनाइ छ ।


पुष्प दुलाल