फुल चार्जमा १ हजार किमि गुड्ने विद्युतीय गाडी बजारमा आउँदै



एजेन्सी । फुल चार्जमा एक हजार किलोमिटर गड्ने मध्यम एसयूभी इलेक्ट्रिक कार बजारमा आउने भएको छ ।

चीनको जीएसी मोटरले फुल चार्जमा एक हजार किलोमिटर गुड्ने ‘आयन एलएक्स’ इलेक्ट्रिक कार निर्माण गरिरहेको छ । हाल बजारमा सबैभन्दा धेरै रेञ्ज दिने कार टेस्ला एस मोडल रहेको छ ।

हाल बजारमा उपलब्ध विद्युतीय कारमध्ये टेस्ला एस मोडलले सबैभन्दा धेरै रेञ्ज प्रदान गर्छ । टेस्ला एस मोडलले फुल चार्जमा ६५२ किलोमिटरसम्मको रेञ्ज दिन्छ ।

टेस्ला एस मोडलले वल्र्डवाइड हर्मनाइज्ड लाइट भेहिकल टेस्ट प्रोसियूडर साइकलमा उक्त रेञ्ज प्राप्त गरेको हो । यो परीक्षण प्रोटोकललाई अन्तर्राष्ट्रिय रुपमा स्वीकार गरिन्छ ।

टेस्ला एस मोडलको तुलनामा आयन एलएक्सको रेन्ज ५३ प्रतिशत बढी छ ।

आयन एलएक्स तातो मौसममा परीक्षण गर्दा अधिकतम ९०४ किलोमिटरको रेञ्ज प्राप्त गरेको जीएसी मोटरले दावी गरेको छ । गाडीलाई ३६ डिग्री गर्मी र ९० प्रतिशत ह्युमिडिटीमा चलाइएको थियो । अनुकूल परिस्थितिमा आयन एलएक्सले १ हजार किलोमिटरको रेन्ज प्राप्त गर्न सक्ने कम्पनीको दावी छ ।

कम्पनीको नयाँ स्पन्जी सिलिकन क्याथोड टेक्नोलोजी कम तौल साथ अधिकतम शक्ति प्रदान गर्छ । विद्युतीय सवारीसाधनमा प्रयोग भइरहेको १५० किलोवाटआवर ब्याट्री भन्दा आयन एलएक्स ब्याट्री १४ प्रतिशत हलुका र २० प्रतिशत सानो छ । तुलनात्मक रुपमा टेस्ला मोडल एसमा प्रयोग भएको १०० किलोवाटआवरमा ब्याट्री सबैभन्दा ठूलो हो ।

विद्युतीय सवारीको सबैभन्दा ठूलो समस्या भनेको कम रेञ्ज हो । १००० किलोमिटरको रेञ्ज प्रदान गर्ने विद्युतीय सवारीले परम्परागत पेट्रोल र डिजेल कारका खरिदकर्तालाई आकर्षित गर्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु