प्रि-ओपनिङमा २२.८६ अंकले बढ्यो नेप्से, ५६ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २२.८६ अंकले बढेर ३ हजारको अंक पार गरेको छ ।

प्रि-ओपनिङ सेसनमा ६४ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

जसमा एभरेष्ट बैंक, गोर्खाज फाइनानस, समृद्धि फाइनान्स र गरिमा विकास बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।

साथै गुमाउने कम्पनीहरुमा नेपाल बंगलादेश बैंक, माथिल्लो तामाकोसी र राधी विद्युत् आयोजना छन् ।


क्लिकमान्डु