सिभिल बैंकले ऋणपत्र जारी गर्न ४ वटा प्रत्याभुतिकर्ता चयन गर्यो



काठमाडौं । सिभिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ ।

बैंकले नागरिक लगानी कोष, प्रभु क्यापिटल, माछापुच्छ्रे कृति क्यापिटल र ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा चयन गरेको हो ।

‘९ प्रतिशत सिभिल बैंक डिबेञ्चर २०८८ नामक’ एक हजार रुपैयाँ अंकित ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बैंकले साउन ४ गते यी क्यापिटलसँग बिक्री प्रबन्धको लागि सम्झौता गरेको हो ।

सिभिल बैंकले निष्काशन गर्ने कुल ऋणपत्रमा सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भएबमोजिम बिक्री हुन नसकेमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।

कुल निष्काशन गरिने ऋणपत्रमा नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटलले ३५ करोड रुपैयाँ, ग्लोबल आइएमई क्यापिटलले ३० करोड रुपैयाँ र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड रुपैयाँ बरावरको डिबेञ्चर प्रत्याभुति गर्ने सम्झौता गरेका हुन् ।

प्रत्याभूती गर्नका लागि निष्काशनकर्ता सिभिल बैंकसँग प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेडले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु