होण्डा ग्राजिया बीएस-६ बजारमा, शुरुवाती मूल्य २ लाख ६९ हजार ९००



काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडी कम्पनीले होण्डा ग्राजिया बीएस–६ मोडल सार्वजनिक गरेको छ ।

कम्पनीले ग्राजिया बीएस-६ डीआरएस र ग्राजिया बीएस–६ डीएसएस मोडल सार्वजनिक गरेको हो ।

आकर्षक र स्टाईलिस लुक रहेको ग्राजियामा १२५ सीसीको नयाँ बीएस-६ मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि-डिफाइन गरिएको छ । ग्राजिया बीएस-६ डीआरएसको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ र ग्राजिया बीएस-६ डीएसएस मोडलको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यो स्कुटरमा १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लियरेन्स छ । स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचरमार्फत् स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि लगायत जानकारी प्राप्त गर्न सकिनेछ ।

होण्डाको पीजीएम-एफआई (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर दिन्छ । ग्राजियाको यस नयाँ बीएस-६ डीएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आईडिलिङ स्टप रहेको छ । भने, नयाँ बीएस-६ एसटीडी मोडलमा इन्जिन स्टार्टस्टप स्विच छ ।

यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसीजी सहितको साइलेन्ट स्टार्ट, ईएसपी टेक्नोलोजीको साथ एचईटी इन्जिन लगायत अन्य विभिन्न उपयोगी फिचर छन् ।


क्लिकमान्डु