प्रि-ओपनिङमा ९ अंकले बढ्यो नेप्से, ५० कम्पनीको कारोबार



काठमाडौं । आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ९.०७ अंकले बढेको छ । प्रि-ओपनिङमा ५० कम्पनीको कारोबार भएको छ । जसमध्ये ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । त्यसैगरी ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा प्रभु इन्स्योरेन्स, कामना सेवा विकास बैंक, युनिभर्सल पावर कम्पनी, गोर्खाज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्सलगायतका कम्पनी छन् । त्यसैगरी गुमाउने कम्पनीहरुमा मितेरी डेभलपमेन्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, रिलायन्स लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छन् ।

प्रि-ओपनिङ सेसनमा आइतबारदेखि अधिकतम मूल्यान्तर २ प्रतिशत र मूल्य परिवर्तन सीमा १० पैसा कायम गरिएको छ ।


क्लिकमान्डु