बैंकिङमा लामो समय बिताएका अजय मिश्र नर्भिक अस्पतालको सीइओमा नियुक्त



काठमाडौं । बैंकिङ क्षेत्रमा लामो समय बिताएका अजय मिश्र नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

नर्भिक अस्पतालको संचालक समितिले मिश्रलाई सीइओमा नियुक्त गरेको हो । मिश्रले साउन १ देखि नर्भिक अस्पतालको सीइओको जिम्मेवारी लिने छन् ।
यूनाइटेड फाइनान्समा सीइओ रहेका मिश्रले नबिल बैंकले यूनाइटेडलाई गाभ्ने निर्णय गरेपछि बैंकिङ क्षेत्रबाट बाहिरिने घोषणा गरेका थिए ।

यूनाइटेडमा आउनु अगाडि जनता बैंकका डेपुटी सीइओ रहेका मिश्रले सिद्धार्थ डेभलपमेन्ट बैंक तथा प्रुडेन्सियल फाइनान्समा सीइओको रुपमा काम गरेका थिए ।

नर्भिक अस्पतालको अध्यक्षमा राजेन्द्रबहादुर सिंह चयन भएका छन् । अस्पतालका अध्यक्ष रहेका संस्थापक बसन्त चौधरीको नर्भिकको दैनिक व्यवस्थापनको कामबाट अलगिने निर्णय गरेका छन् ।

नर्भिकले पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गरेर आइपीओ जारी गर्ने निर्णय गरेको छ ।

बैंकिङमा लामो समय बिताएको अनुभवको आधारमा नर्भिकलाई थप विस्तार गर्दै अगाडि बढाउने काम गर्ने मिश्रले बताए ।

‘सेवाको दायरा विस्तार गरेर पब्लिक लिमिटेड कम्पनीको रुपमा नर्भिकलाई चलाउने हो,’मिश्रले भने ।


क्लिकमान्डु