द अल-न्यू काइगर सार्वजनिक, शुरुवाती मूल्य २८ लाख ४९ हजार




काठमाडौं । द अल-न्यू काइगर नेपालमा सार्वजनिक भएको छ । रेनोको आधिकारिक बिक्रेता एड्भान्स अटोमोवाइल्सले बिहीबार द अल-न्यू काइगर सार्वजनिक गरेको हो ।
रेनो काइगरको लागि बुकिंग आजैदेखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट शुरु हुँदैछ । द अल-न्यू काइगरको शुरुवाती मूल्य २८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

‘रेनो काइगर आधुनिक एसयूभी हो जुन बजारका लागि पर्फेक्ट फिट हो । यसले हाम्रो इनोभेसन, क्रिएटिभिटी, कस्टोमर अन्डरस्ट्यान्डिंग र सबै भन्दा माथि हामो ध्यानलाई गाडीहरु बनाउनमा एक बेजोड मूल्यको प्रस्ताव गर्न केन्द्रित गराउँदछ । रेनो काइगरमा विशिष्ट एसयूभीको लुक छ र यसको लामो व्हीलबेसले बोर्डमा ठूलो ठाउँ र मात्रा ओगट्न मद्दत पुर्याउँछ,’रेनो इन्डिया अपरेशनका कन्ट्री सीईओ र प्रबन्ध निर्देशकश्री भेन्कट्राम ममिलापल्ले भने, धेरै स्मार्ट गुणहरु सहितलोड रहेको काइगरले हाम्रो एसयुभीको लिगेसीलाई सुदृढ पार्नेछ र यसको लन्चको साथ हामी रेनो परिवारमा अधिक ग्राहकहरुलाई स्वागत गर्न तत्पर छौं ।’

‘नेपालमा रेनो काइगर सबैभन्दा बढी मागका साथ धेरै प्रतिक्षा गरिएको गाडी हो । हामी हाम्रा ग्राहकहरुलाई रेनो काइगरको आगमन बारे सूचित गर्न पाँउदा निकै खुसी छौं । हामी रेनोकाइगरको स्टनिंग डिजाइन र आधुनिकता संगै स्मार्ट सुविधाहरुले आफ्ना अपेक्षाहरु पूरा गर्नेछ भन्ने कुरामा आशावादी छौं,’ विशाल ग्रुपका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल भने, ‘ ग्राहकहरुको विस्तृत सेटको बढ्दो एसयूभीको आकांक्षा पूरा गर्ने दृष्टिकोणको साथ हामीले रेनो काइगर आकर्षक मूल्यको रहेको कुरा सुनिश्चित गरेका छौं । हामी यस न्यू गेम चेन्जरको साथ हाम्रो एसयूभीको लिगेसी सुदृढ पार्न लागि पार्नेछौं ।’

रेनो काइगरले आफैलाई एक स्टनिंग, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रुपमा स्थापित गरेको छ । स्टनिंग डिजाइन स्पोर्टी र मस्कुलर एलिमेन्टद्वारा उदाहरणको रुपमा छ । जसले रेनो काइगरलाई एक सही एसयुभीको रुपमा खडा गरेको छ । रेनो काइगरमा स्मार्ट केबिनले प्रविधि, कार्यक्षमता र रुमिनेशको संयोजन रहेको छ । उच्च प्रदर्शनको साथसाथै यसमा स्पोर्टी ड्राइभ रहेको छ जसमा मल्टि सेन्स ड्राइभ मोडहरु रहेको छ । यसले ग्राहकहरुलाई ड्राइभिंग प्राथमिकताहरुमा फ्लेग्जेबिलिटी प्रदान गर्दछ ।

रेनो काइगरलाई एमटी र एएमटीको दुईवटा विकल्पहरुमा १.० एल इनर्जीमा प्रदान गरिनेछ । रेनो काइगर चारवटा ट्रिम आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड उपलब्ध छ । प्रत्येक संस्करण सेग्मेन्टमा ग्राहकको माग र आवश्यकताहरुलाई ध्यानमा राखी बनाइएको हो र सबै ट्रिममा यसको आकर्षक मूल्य राखिएको छ

एक्स शोरुम मूल्य रुपैयाँमा

 

 

 

 

 

 

 

 

डुअल टोनको विकल्पहरु सबै भेरियन्टहरुमा अतिरिक्त ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

इन्जिन
काइगरले १.० लिटरको इन्जिन छ । यो इन्जिनले ७२ एचपी अधिकतम पावर र ९६ एनएममा ३५०० आरपी अधिकतम टर्क जेनेरेट गर्छ । कारमा ५–स्पिड म्यानुअल वा इजी-आर ५-स्पिड रोबोटाइज्ड गियरबक्स एएमटीको साथमा उपलब्ध छ ।

रंग
कार ६ वटा आकर्षक रंगहरुमा उपलब्ध छन् । क्यासपियन ब्लु, रेडियन्ट रेड, मुनलाइट सल्भिर, प्लानेट ग्रे, आइस कुल वाइट, माहोगनी ब्राउन रहेको छ ।


क्लिकमान्डु