नागरिक उड्डयन प्राधिकरणले १६४ जनाका लागि जागिर खुलायो, कुन पदमा कति ?



काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १६४ जनाका लागि जागिर खुलाएको छ । क्यानले ४ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो ।

क्यानका अनुसार विज्ञापन प्रकाशित भएको २१ दिनभित्र क्यानको वेवसाइटमा गएर अनलाइनमार्फत् फारम भर्नुपर्नेछ ।

प्राधिकरणका अनुसार दरखास्तका लागि ९ तहका लागि ९०० रुपैयाँ, ८ तहका लागि ८०० रुपैयाँ, ७ तहका लागि ७०० रुपैयाँ, ६ तहका लागि ६०० रुपैयाँ, ५ तहका लागि ५०० रुपैयाँ र ४ तहका लागि ५०० रुपैयाँ शुल्क लाग्नेछ । साथै समावेशीतर्फ तोकिएको दस्तुरको ५० प्रतिशत थप शुल्क लाग्नेछ ।


क्लिकमान्डु