आइएमई पे र दराजबीच सम्झौता



काठमाडौं । आइएमई पे र ई-कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

साथै, यहिँ साउन १ गतेबाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भइ आईफोन १२ लगायत थुप्रै उपहार प्राप्त गर्न सकिन्छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमुका नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गरे ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई–कमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकबीच भएको सहकार्यलेसरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

साथै, प्रबन्ध निर्देशक ढकालले कोभिड–१९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडि डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने प्रतिवद्वता व्यक्त गरे ।


क्लिकमान्डु