वैवाहिक वर्षगाँठमा पोखरेल दम्पतिले एकअर्कालाई दिए ५०/५० लाखको बीमा पोलिसी



काठमाडौं । पछिल्लो समय जन्मदिन, वैवाहिक वर्षगाँठ तथा विवहामा परिवार वा साथीभाई आफन्तलाई बीमा पोलिसीका साथै बैंकमा खाता खोली उपहार दिने प्रचलन बढ्दो छ ।

यसले वित्तीय पहुँच विस्तारलाई सहयोग पुग्नुका साथै, समाजमा वित्तीय शिक्षाको सकारात्मक संदेश दिन समेत यस्तो कृयाकलापले मद्दत पुगिरहेको छ ।

समाजमा बीमाको महत्व सम्बन्धी सकारात्मक संदेश दिँदै बुलटवका एक दम्पतीले वैवाहिक बर्षगाँठ अवसरमा एक अर्कालाई बीमा पोलिसी उपहार दिएका छन् । बुटवल ३ रुपन्देहीका पोखरेल दाम्पतिले आफ्नो२७ औँ वैवाहिक वर्षगाँठको अवसरमा एक अर्कालाई सिटिजन्स जीवन सारथी बीमा पोलिसी उपहार दिएका हुन् ।

अधिवक्ता सागर मणि पोखरेल र शिक्षक कमला ज्ञवालीले एक अर्कालाई ५०/५० लाख रुपैयाँको बीमा पोलिसी दिई आफ्नो वैवाहिक वर्षगाँठ मनाएका हुन् । एक कार्यक्रममा बीच एक अर्कालाई बीमा पोलिसी हस्तान्तरण गर्दै समाजमा बीमा सम्बन्धी समाजमा सकारात्मक सन्देश दिन सो वैवाहिक बर्षगाँठ उत्सवले सहयोग पुग्ने विस्वास पोखरेल दम्पत्तिको छ ।

सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि बीमा गरेको दम्पतीद्वयले बताए । सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने र आफुले बिमा गरेको रकम र बोनस फिर्ता लिगीसकेपछी पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफुलाई यो पोलिसी मनपरेको उनीहरको भनाइ छ ।

पोखरेल दम्पत्तिले अहिलेसम्म ७ वटा बिमा पोलिसी परिपक्क भई आफूहरुलाई सो पैसाले छोराछोरीको उच्च शिक्षा लगायत विभिन्न कार्यहरुको लागि एकदमै सहयोगी भएको बताए ।

लामो समयदेखि समाजसेवामा गर्दै आएका सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्मी , बैंकका संस्थापक लगायत विभिन्न बित्तिय क्षेत्रमा आवद्ध छन् । साथै, लामो समयदेखि बीमा क्षेत्रमा पनि काम गर्दै आएका छन् ।


क्लिकमान्डु