उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाई राख्न निजी क्षेत्रको अनुरोध



काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले उद्योग व्यवसाय सञ्चालको लागि सहज वातावरण बनाइ राख्न अनुरोध गरेका छन् ।

कोरोनाले गर्दा संकटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरूत्थान र पूर्ववत अवस्थामा फर्काउन सम्पूर्ण श्रमिकहरूले समझदारीका साथ थप प्रयास गर्नुको विकल्प नरहेको भन्दै सहज बनाउन तीनै वटा संस्थाले अनुरोध गरेको हो ।

कोरोना महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नु परेको अहिलेको अवस्थामा उद्योग र रोजगारी दुबैको बचाउ गर्नु पहिलो आवश्यकता निजी क्षेत्रले बताएका छन् ।

नेपाल सरकारबाट चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको लागि हाल कायम रहेको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयामा पुनरावलोकन गरेको छ । सरकारले सो पारिश्रमिक २०७८ श्रावण १ गते देखि लागू हुने गरी न्यूनतम तलव ९ हजार ३ सय ८५ रुपैयाँ र महंगी भत्ता ५ हजार ६ सय १५ रुपैया समेत गरी १५ हजार रुपैया न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ ।

सरकारले हाल निर्धारण गरेको न्यूनतम पारिश्रमिक, पारिश्रमिक बृद्धि नभई न्यूनतम पारिश्रमिकको दरको बृद्धि भएको निजी क्षेत्रको भनाइ छ । यसरी न्यूनतम पारिश्रमिकमा भएको वृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा बृद्धि नभएको स्पष्ट निजी क्षेत्रले जनाएको छ ।

‘न्यूनतम पारिश्रमिक भन्दा माथिको पारिश्रमिक प्रतिष्ठानले आफ्नो आर्थिक अवस्था अनुसार तय गर्ने हु“दा न्यूनतम पारिश्रमिकमा भएको बृद्धि रकम सबैले पाउनु पर्छ भन्ने होइन,’ प्रेस विज्ञप्तिामा उल्लेख छ ।

साथै, औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चा“डो बाहिर निस्कन तथा निर्वाधरूपमा उद्योग व्यवसाय संचालन गर्ने वातावरण बनाई राख्ने काममा सहयोग पु¥याउन सम्पूर्ण श्रमिकहरू सहित सबैमा अनुरोध गरेको छ ।


क्लिकमान्डु