नेपाल बंगलादेश बैंकद्वारा ‘किसान कृषि लोन कार्ड’ हस्तान्तरण



काठमाडौं । नेपाल बंगलादेश बैकले मकवानपुरको मकवानपुगढी गाँउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ ।

नेपाल बंगलादेश बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समितिबीच भएको सम्झौताअनुसार मकवानपुरगढीे गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंले किसान कृषि लोन कार्ड हस्तान्तरण गरे ।

असार २५ गतेबाट लगानीको शुरुवात गरिएको हो ।

यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका बडा नम्बर ३ का २५ जना कृषक लाभान्वित हुने बैंकले जनाएको छ ।

यस योजना अन्र्तगत बिनाधितो, एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ ।

कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् ।

उक्त कार्डबाट कृषकहरुले सामान खरिद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा मकवानपुरगढीे गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा बिस्तारित गर्दै ग्रामीण भेगका कृषकलाई विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ ।


क्लिकमान्डु