हुन्डाईमा ४५ जनालाई जागिरको अवसर



काठमाडौं । अटोमोबाइल्स कम्पनी हुन्डाईले ४५ जनाको लागि रोजगारी खुलाएको छ । कम्पनीले विभिन्न १३ वटा पदका लागि रोजगारी खुलाएको हो ।

बिहिबार कम्पनीले सार्वजनिक सुचनामार्फत् काठमाडौं र भक्तपुर जिल्लाको लागि शोरुम म्यानेजरदेखि जुनियर अफिसरसम्मको लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीले क्यानेजरमा शोरूम इन्चार्ज, सेल्स असिस्टेन्ट, मार्केटिङ अफिसर, मिडिया रिलेसन अफिसर, टेक्निसियन, सर्भिस एड्भाइजर, फाइनान्स एण्ड एकाउन्टेट अफिसर लगायतका पदमा दरखास्त आह्वान गरेको हो ।

कम्पनीले तोकेको शैक्षिक योग्यता र अनुभव पुगेका इच्छुक आवेदकले साउन १ गतेसम्म कम्पनीको आधिकारीक वेव साइटमा आवेदन दिन सक्नेछन् ।

नेपालको लागि अटोमोबाइल्स कम्पनी हुन्डाईको आधिकारीक बित्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो ।


क्लिकमान्डु