मुक्तिनाथ विकास बैंकमा रोजगारीको अवसर



काठमाडौं । मुक्तिनाथ विकास बैंकले जागिर खुलाएको छ ।  बैंकले उपत्यकाभित्र र बाहिरका लागि विभिन्न पदमा रोजगारी खुलाएको हो ।

बैंकले बिहीबार सार्वजनिक सूचनामार्फत् विभिन्न ८ वटा पदका लागि केही संख्यामा रोजगारी दरखास्त माग गरेको छ ।

बैंकले ब्राञ्च र रिलेसनशीप म्यानेजर, अप्रेशन र ट्रेड फाइनान्स इन्चार्ज, डिपोजिट म्यानेजर, लोन रिकोवरी र फिल्ड स्टाफ पदको लागि दरखास्त माग गरेको हो । जसमा ती पदहरुको लागि बैंकले सिनियर तथा जुनियर-सुपरभाइजर, अफिसर र असिस्टेन माग गरेको छ ।

तोकिएको शैक्षिक योग्यता र अनुभव प्राप्त इच्छुक आवेदकले बैंकको आधिकारीक वेव साइटमार्फत् साउन ६ गतेसम्म आवेदन दिनसक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु