साउदी अरेबियामा जाने कामदारको क्वारेन्टिनको खर्च रोजगारदाताले नै बेहोर्ने



काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको साउदी अरेबियाले संस्थागत रुपमा जाने कामदारको क्वारेन्टिनको खर्च रोजगारदाताले बेहोर्ने भएका छन् ।

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै साउदी अरेबिया जाने कामदारको क्वारेन्टिन खर्च बेहोर्ने जनाएको हो ।

साउदी अरेबिया सरकारले जुनसुकै देशबाट आउने कामदारका लागि क्वारेन्टिनमा बस्नुपर्ने अथवा भ्याक्सिन अनिवार्य लगाएर मात्रै प्रवेश गर्न पाउने अडान लिएका थिए । त्यससँगै नेपालबाट जाने कामदारलले क्वारेन्टिनको खर्च बेहार्न नसक्ने स्थितिले धेरै रोकिएका छन् ।

साउदी सरकारले गत २०२१ मे २० गतेबाट साउदी अरब प्रवेश गर्ने कोभिड-१९ विरुद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक साउदी अवतरण भएपछि अनिवार्य रुपमा सात दिनको संस्थागत क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको थियो ।

जसमा साउदी जाने नन् इम्यून विदेशी नागरिकले संस्थागत क्वारेन्टिन बापत लाग्ने खर्च हवाई लिँदाको समयमै बुझाउनुपर्ने व्यवस्था गरेको थियो । साउदी सरकारले सात दिनको संस्थागत क्वारेन्टिन खर्च करिब १ हजार अमेरिकी डलरको हाराहारीमा तोकेको थियो ।

उक्त व्यवस्थाले गर्दा छुट्टीमा घर गई साउदी फर्किन लागेका र पहिलो पटक साउदी अरब जान लागेको नेपाली कामदारहरूलाई निकै मर्कामा परेको थियो ।

सो मर्का देखिएपछि क्वारेन्टिन वापतको खर्चको भार कामदारलाई पर्न नदिने व्यवस्था गरिदिन नेपालको परराष्ट्र मन्त्रालयले निरन्तर पहल गर्दै आएको थियो । यसका लागि दूताबासबाट साउदी परराष्ट्र मन्त्रालयमा १० जुन र १३ जुनमा पत्राचार गरिएको थियो ।

सोही पत्रचारको जवाफ दिँदै साउदी सरकारले क्वारेन्टिनको खर्च रोजगारदाताले र घरेलु कामदारको हकमा सम्बन्धित रिक्रुटिङ एजेन्सीले बेहोर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु