ज्योति विकास बैंकमा रोजगारीको अवसर, उपत्यकाभित्र र बाहिरका लागि आवेदन माग



काठमाडौं । ज्योति विकास बैंकले केही संख्यामा रोजगारी खुलाएको छ । बैंकले एक सार्वजनिक सूचनामार्फत् २ वटा पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले उपत्यकाभित्र र बाहिरका लागि केही संख्यामा ब्राञ्च म्यानेजर र रिलेशनसिप म्यानेजर माग गरेको छ ।

बैंकले ब्राञ्च म्यानेजर पदमा सुपरभाइजर र असिस्टेन्ट म्यानेजर माग गरेको हो । जसमा सुपरभाजसको लागि बिजनेश एडमिस्ट्रेसन, फाइनान्स वा इकोनोमिस्टमा मास्टर डिग्री वा ब्याचलर डिग्री गरेको हुनुपर्नेछ भने व्यवस्थापन सम्बन्धी कुनै पनि संस्थामा २ वर्षदेखि ५ वर्षको अनुभव भएको हुनु पर्ने उल्लेख गरेको छ ।

यस्तै, बैंकले रिलेसनसिप म्यानेजरका लागि असिस्टेन्टदेखि अफिसरसम्मका लागि कर्मचारी माग गरेको छ । जसमा बिजनेश एडमिस्ट्रेसन, फाइनान्स वा इकोनोमिस्टमा ब्याचलर डिग्री गरेको हुनुपर्नेछ । साथै, सम्बन्धित क्षेत्रमा १ वर्षदेखि २ वर्षसम्मको अनुभव भएको हुनपर्नेछ ।

तोकिएको शैक्षिक योगयता र अनुभव भएका इच्छुक आवेदकले बैंकको आधिकारीक वेव साइटमार्फत् साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु