सिभिल बैंकले व्यवसाय बढाउने प्रतिबद्धता गर्दै पोखरेलले सम्हाले सीइओको जिम्मेवारी

518
Shares

काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल कुमार पोखरेलले पदभार सम्हालेका छन् । उनलाई बैंकको ३ सय ४५ औं बैठकले पोखरेललाई आगामी ४ वर्षको लागि असार १८ गतेदेखि लागु हुने गरी सीइओमा नियुक्त गरेको थियो । सोही अनुसार उनले आज पदभार ग्राहण गरेका हुन् ।

पोखरेल २०७८ बैशाख १८ गतेदेखि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।
भने, विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

नेपालका विभिन्न बैंकहरु स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एनआइसी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक)मा २४ को वर्षको अनुभव उनको रहकेो छ । साथै, विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष)मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिङ अनुभव उनको रहेको छ ।

डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने नव नियूक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले बताए ।

सीइओ पोखरेलले विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पु¥याउने कुरामा विश्वस्त रहेको बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले बताए । जसले गर्दा बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढनेमा उनी विश्वस्त छन् ।
बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म रु. ८८.९४ अर्वको निक्षेप र रु. ८३.६० अर्वको कर्जा विस्तार गर्न सफल भएको छ ।

Skip This