२० गतेदेखि हप्ता भरिनै श्रम स्वीकृति लिन पाइने



काठमाडौं । असार २० गतेदेखि हप्ताको ६ दिन नै श्रम स्वीकृतिको सेवा शुरु हुने भएको छ ।

वैदेशिक रोजगार कार्यालयले आज एक सूचना जारी गर्दै कोभिडको कारण गत वैशाख २४ गतेबाट कार्यालयबाट प्रवाह हुने सेवा स्थगित गरिएको थियो ।

तर, हाल निषेधाज्ञाको परिवर्तित स्वरुप तथा सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गदैृ आगामी २० गतेबाट निरन्तर श्रम स्वीकृति दिने भएको हो ।

कार्यालयका अनुसार सार्वजनिक विदा बाहेक हरेक दिन श्रम स्वीकृति दिने भएको जनाएको छ ।

साथै, कार्यालयले व्यक्तिगत श्रम स्वीकृततर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरूलाई अनलाइनबाटै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था कायमै रहेको जनाएको छ ।

उक्त बायोमेट्रक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्ने बाहेक अन्य व्यक्तिहरूलाई भौतिक उपस्थितिमार्फत् सेवा प्रदान नगरिने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु