सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कामय भएकोमा बुधबार ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँ घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु