लोकसेवा आयोगले सार्वजनिक गर्यो परीक्षा तालिका (सूचीसहित)



काठमाडौं । लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

आयोगको असार १४ गते बसेको बैठकले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने कार्यक्रम तोकेको हो ।

आयोगका अनुसार २०७६/७७ मा खुलाएको राजपत्र अंकित द्वितीय श्रेणी खरिदार वा सो सरह (अप्राविधिक) पदको प्रथम तथा दोस्रो चरणको लिखित परीक्षा साउन १७ गतेदेखि शुरु हुनेछ ।

आयोगले २०७७/७८ मा खुलाएको राजपत्र प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पद, राप प्रथम श्रेणी (प्राविधिक), सहसचिव वा सो सरह पद, स्वास्थ्य सेवा, एघारौं तहतर्फको परीक्षा कार्यक्रम, राप द्वितीय श्रेणी (अप्राविधिक), उपसचिव वा सो सरह पदको परीक्षा कार्यक्रम, राप द्वितीय श्रेणी (प्राविधिक), उपसचिव वा सो सरह पदको परीक्षा कार्यक्रम, स्वास्थ्य सेवा नवौं तहतर्फको परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

त्यसैगरी राप तृतिय श्रेणी (प्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा कार्यक्रम, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) क) न्यायसेवा (खुला/समावेशी), नायव सुब्बा वा सो सरह (अप्राविधिक) पदको संयुक्त र एकीकृत लिखित परीक्षा कार्यक्रम, प्राविधिक नासु वा सो सरह पदको लिखित परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

परीक्षाको सूची यस्तो छ


क्लिकमान्डु