सर्वोच्चले रोक्यो बहराइनका लागि राजदूतमा सिफारिस भएका युवराज कार्कीको नियुक्ती
काठमाडौं । सर्वोच्च अदालतले बहाराइनका लागि प्रस्तावित राजदूत युवराज कार्कीको नियुक्तीविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीश सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले कार्कीलाई राजदूतमा नियुक्त गर्ने विषय तत्काल कार्यान्वयनमा नगर्न आदेश दिएको हो ।
मन्त्रिपरिषदको बैठकले गत वैशाख २५ गते कार्कीलाई बहराइनका लागि नियुक्तीका लागि सिफारिस गरेको थियो ।
‘गत वैशाख २५ गते मित्रराष्ट्र बहराइनको आवसीय राजदूत नियुक्तीको सिफारिस निर्णय निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु÷नगराउनु,’ सर्वोच्चको आदेशमा भनिएको छ ।