पत्रकारलाई कोरोना खोपको व्यवस्था गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश


काठमाडौं । सर्वोच्च अदालतले पत्रकारलाई कोरोना खोप लगाउनका लागि अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता लिलानाथ घिमिरेले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश डा. कुमार चुडालको इजलासले अंग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारलाई कोरोना खोप उपलब्ध गराउन सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।

‘पत्रकारको पेशागत प्रकृति र परिस्थिती जनसमूदाय वा समूहमा पुग्नुपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितीलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरुलाई प्राथमिकतामा प्रदान गरी कोभिड विरुद्धको पहिलो खोप नलगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनु,’ आदेशमा भनिएको छ ।

Skip This