गरिमा विकास बैंक र केसीएल. अस्ट्युट क्यापिटल बीच शेयर लगानी तथा स्वामित्व खरिद सम्झौता
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेड बिच शेयर स्वामित्व खरिद गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ । शूक्रवार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका हुन ।
सम्झौता पश्चात केसीएल अस्ट्युट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत शेयर स्वामित्व कायम भई के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित हूने जनाईएको छ ।
गरिमा विकास बैंक लिमिटेडले शेयर लगानी गरे पश्चात के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गर्ने समेत सहमति भएको गरिमा विकास बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडका अध्यक्ष दिपक पाण्डेयद्धारा संयूक्त हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ ।