५ दिनमा सुनको मूल्य प्रतितोला ३१ सय रुपैयाँले घट्यो



काठमाडौं । गत सोमबारबाट निरन्तर ओरालो लागेको छापावाला सुनको मूल्य ५ दिनमा ३१ सय रुपैयाँले घटेको छ । गत आइतबार छापावाला सुनको मूल्य ९३ हजार ९०० रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबारबाट निरन्तर ओरालो लागेको हो ।

आइतबार ९३ हजार ९०० रुपैयाँमा कायम भएको छापावाला सुनको मूल्य सोमबार ७ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कायम भएको थियो । साथै, मंगलबार पनि सोही मूल्य कायम भएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ सय रुपैयाँ घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो भने बिहीबार ११ सय रुपैयाँले ९२ हजार रुपैयाँ कायम भएकोे थियो ।

सोमबारबाट निरन्तर ओरोलो लागेको सुनको मूल्य शुक्रबार पनि १२ सय रुपैयाँले घटेर ९० हजार ८० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसमा सोमबारबाट ओरालो लागेको सुनको मूल्य शुक्राबार आइपुग्दा ३१ सय रुपैयाँले घटेको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९१ ह्जार ५ सय रुपैयाँ कायम भएको थियो भने शुक्रबार ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, करिब ५ दिनको अवधिमा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको छ । जसमा आइतबार प्रतितोला १३ सय ७० रुपैयाँ, सोमबार १३ सय ६५ रुपैयाँ, मंगलबार १३ सय ५५ रुपैयाँ कायम भएको थियो । तर, बुधबार भने ५ रुपैयाँ बढेर १३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । साथै बिहीबार एक्कासी २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको थियो भने शुक्रबार ३५ रुपैयाँले घटेर १३ सय ५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु