धितोपत्र बोर्डको विज्ञप्तीमा सिविफिनको ध्यानाकर्षण



काठमाडौं । धितोपत्र बोर्डको ५१ सूचीकृत कम्पनीहरुको वारेमा नामसहित प्रकासित गरेको धारणाप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को गंभीर ध्यानाकर्षण भएको भएको जनाएको छ ।

व्यक्ति एवं समुहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सुचिकृत संस्थाहरुको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिकरुपमा सचेत गराउनु वा कारवाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी ठहर्छ ।

सम्बन्धित संस्थाहरुको आर्थिक विष्लेषण गरी लगानी सम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्ताहरुलाई अभिमूखिकरण कार्यक्रम आयोजना गर्नुपर्दछ । साथै, संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौ लगानीकर्ताहरुमा मनोबैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारवाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरुको हित हुनेछ ।

नेपाल धितोपत्र बोर्ड सम्बन्धित लगानीकर्ताहरुको अभिभावकीय संस्था र सुचिकृत संस्थाहरुको नियामक निकाय हो । तसर्थ, धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवं विस्तारका लागि सम्बधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरुलाई साथ लिँदै बोर्डले अग्रगामी पाइला चाल्दै जानेछ भन्ने सिविफिनले हार्दिक अपेक्षा समेत व्यक्त गरेको छ ।


क्लिकमान्डु