धितोपत्र बोर्डको विज्ञप्तीमा लगानीकर्ता संगठनको असहमति
। धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम तोकेर लगानी जोखिम भएको भनेर निकालेको विज्ञप्तीमा लगानीकर्ताका संगठनले विरोध जनाएका छन् ।
धितोपत्र बोर्डले नामै तोकेर ५१ वटा सूचीकृत कम्पनीलाई जोखिमयुक्त भनेको आपत्ति जनाएका हुन् । बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले बोर्डको नीतिमा असहमति जनाएका हुन् ।
नियामक निकायले कुन कम्पनी जोखिम युक्त छ भनेर भन्दै हिड्न नहुँने लगानीकर्ता संगठनको धारणा छ । धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको लागि अनुमति दिएपछि लगानीकर्ता कतिसम्म लगानी गर्न पाउने आफ्नो अधिकार भएको संगठनको माग छ ।
बोर्डले नेप्सेमा सूचिकृत यो कम्पनीमा लगानी गर वा नगर भन्नु कानून विपरित काम गरेको निष्कर्ष लगानीकर्ताका संगठनले निकालेका छन् ।
नियामक निकाय भूमिका रेफ्रिजस्तो तटस्थ बस्नुपर्नेमा ४२ खर्बको बजारलाई प्रभावित काम गर्ने काम गरेको विज्ञप्तीमा उल्लेख छ ।