धितोपत्र बोर्डको विज्ञप्ती र बजारको बुझाइमा मिसम्याच भयो: बोर्ड प्रवक्ता गिरी



काठमाडौं । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बोर्डको विज्ञप्ती र बजारको बुझाइ फरक परेको बताएका छन् । बोर्डले ५१ वटा कम्पनीको सेयर कारोबारमाथि छानबिन भएको र आफ्नो अध्ययनमा मूल्य बढाइएको विज्ञप्ती जारी गरेको थियो ।

बोर्डको विज्ञप्ती आएपछि सामाजिक संजाल तथा क्लबहाउसमा धितोपत्र बोर्डको विपक्षमा बढी प्रतिक्रिया आएको छ ।

‘हामीले ५१ वटा कम्पनीमा लगानी गर्न हुँदैन भनेका छैनौ,हाम्रो बनाएको आधारमा लगानी जोखिम देखिएको भनेको हो,’बोर्डका प्रवक्ता गिरीले भने ।

लेख्ने भाषामा केही फरक पारेपनि बोर्डले लगानीकर्तालाई कम्पनीहरुको अवस्था हेरेर लगानी गर्न भनेको भनाई गिरीको छ ।


क्लिकमान्डु