ग्लोबल आइएमई लघुवित्तले ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिने



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले असार मसान्तभित्र बुझाउनु पर्ने सम्पूर्ण साँवा ब्याज बुझाए अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले छुट दिने घोषणा गरेको छ ।

साथै सो अवधिसम्म ग्राहकबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने पनि स्पष्ट पारेको छ ।

हाल वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको कारोबारको सूचना मोबाइलमा आउने गरी एसएमएस सुविधा संचालनमा ल्याएको छ भने कोभिडको महामारीमा ग्राहक सदस्यहरुलाई किस्ता बचत तिर्न सजिलो होस भन्ने अभिप्रायले ईसेवासँग सहकार्य गरी किस्ता भुक्तानी गर्ने ब्यवस्था मिलाएको छ ।


क्लिकमान्डु