आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न, आइपीओ जारी गर्ने निर्णय
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा काठमाडौंको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यलयमा भिडियो कन्फरेन्सका माध्यमबाट सम्पन्न भएको छ ।
सो सभा मार्फत कम्पनीले सामान्य प्रस्ताव तर्फ आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५÷०७६ का विवरण पारित गरेको छ ।
सभामा बोल्दै सभाका अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पुर्याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरे ।
कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरु, कम्पनी प्रति बिश्वास र भरोसा गर्नुहुने समस्त बीमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथा मार्ग निर्देशन दिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय, श्री धितोपत्र वोर्ड लगायत सम्पूर्ण नियमनकारी निकायहरु, पुनर्बीमा कम्पनी, कम्पनीको व्यवस्थापन समुह, कर्मचारीहरु,अभिकर्ताहरु, पत्रकारहरु, बैंक तथा वित्तीय संस्थाहरु एवं अन्य शुभेच्छुकहरु सवै प्रति हार्दिक कृतज्ञता ज्ञापन गरे ।