अहिलेकै जसरी सेयर बजार चल्ने हो भने भविष्यमा नेपालको अर्थतन्त्र विनासतर्फ जान्छः गोपाल भट्ट



नेपालको सेयर बजारलाई जान्ने बुझ्ने र यसको जोखिमलाई मुल्यांकन गरी लगानी गर्ने पढेलेखेका थोरैमात्र लगानीकर्ताहरु छन् । सेयर बजारमा लगानी गर्ने भनेको अत्यन्तै प्राविधिक विषय पनि हो ।

सर्वसाधारण लगानीकर्ताले सेयर बजारमा थोरै मूल्यमा सेयर खरिद गरेर बढी मूल्यमा बिक्री पुँजी लाभ हुने रहेछ भनेर बुझेका छन् । आजभोली मोबाइलमा थिचेको भरमा मूल्य बढ्छ अनि पैसा कमाइन्छ भन्ने लगानीकर्ता नेपालको सेयर बजारमा छ्यापछ्याप्ती छन् ।

तर, जसले सेयर बजारको वास्तविकता बुझेका छन्, प्रत्येक कम्पनीहरुको आम्दानी, वित्तीय विवरण, सञ्चालन जोखिम, लगानीको प्रतिफल हेरेर लगानी गर्ने लगानीकर्ता सीमित छन् । ती सीमित लगानीकर्ताले बजारको ‘लिड’ गरेका हुन्छन् । उनीहरु नै सेयर बजारका लिडर हुन्छन् । उनीहरुले लगानी गर्ने कम्पनीको मूल्यांकनमात्र गर्दैन, उनीहरुसँग ती कम्पनीहरुसँग सम्वध भित्री सुचना पनि हुन्छ ।

बजारलाई २ वटा कुराले प्रभाव पार्छ । पहिलो कम्पनीको मुल्यांकन र दोस्रो सुचना ।

सुचनाको विषयमा पनि ती सिमित लगानीकर्ताहरु नै अगाडि हुन्छन् । उनीहरुसँग हिस्टोरिकल, पब्लिक, इन्साड इन्फरमेसन हुन्छ । जसलाई उनीहरुले मूल्यमा सम्मिलित गर्छन् । सीमित व्यक्तिहरुले पुँजीबजारमा रजाईं नै गर्छन् भन्दा फरक पर्दैन । ती व्यक्तिहरुले नै बजारलाई असंन्तुलनतर्फ लगेर बजारमा विनास ल्याउँछन् । नेपालजस्तो देशमा यो धेरै सम्भव छ ।

नेपालमा जतिपनि पुँजी बजार सम्बन्धी अध्ययन भएको छ । सेयर कर्नरिङ नहुने थोरै सम्भावना छ । नेपाल जस्तो देशमा अपे्रसनल्ली, इन्फमेसनल्ली इफिसेयन्ट (कुशल) मार्केट छैन ।

त्यसैले इनइफेसियन्ट मार्केटमा सुचनाहरु चुहिने सम्भावना धेरै हुन्छ । ती चुहाइएका सुचनाहरुले बजारमा लगानीकर्ता अस्वाभिक लगानीको प्रतिफल लिएका हुन्छन् ।

इनइफेसियन्ट रिर्टन भनेको मार्केटको स्वाभिक प्रतिफलभन्दा बढी रिर्टन लिनु हो । नेपालको पूँजी बजारमा त्यो सम्भावना धेरै छ भने, अहिले देखिरहेको पनि त्यही हो ।

अहिले बजारको स्वाभिक प्रतिफल हेर्दा, निक्षेपको ब्याजदर औषत ४/५ प्रतिशत वण्डहरुको रिर्टनपनि ३ प्रतिशभन्दा माथि छैन । रियलस्टेटको कारोबार अहिले त्यति धेरै छैन । ट्रेजरी बिल्समा लगानी गर्ने नगन्य नै छन् भने सुनचाँदीमा लगानी गर्नेहरु समेत अहिले घट्दै गएका छन् । म्युचुअल फण्ड, वण्डहरुको राम्रो रिर्टन छैन् । सबैको कम्पनीहरुको इक्युटीमा लगानी गरेका छन् ।

सन् २०२० जुलाइदेखि हालसम्म इक्युटीको औषत रिर्टन ३/४ सय प्रतिशतसम्म छ । दुरसञ्चार प्रधिकरण, बीमा कम्पनीहरुको, ट्रेडिङ समुहमा सल्ट ट्रेडिङ र बिसाल बजार कम्पनीको औषत रिर्टन हेर्दा अस्वाभिक बढेको छ । यी कम्पनीहरुबाट विगत १/२ वर्षमा लगानीकर्ताले ४ सय प्रतिशतसम्म रिर्टन लिएका छन् ।

पहिला आर्कषणमा रहेका बैंकहरुको रिर्टन पनि कम छ । अन्य क्षेत्रहरुले बैंकहरुलाई उछिनेको छ । त्यस्तो रिर्टनहरु ती मार्केटमा पाइन्छ भने स्वाभिक रुपमा मानिसहरु त्यसतर्फ दौडन्छन् । त्यो दौडाइ स्वाभिक हो या होइन् ? त्योतर्फ ध्यान दिनु पर्छ ।

मार्केट मेकानिजममा लगानीकर्ताहरुको संघ नै हुनहुँदैन । लगानीकर्ताहरुको एउटा गु्रपले सेयर बजारमा काट्रेलिङ गरिरहेका छन् । मार्केट मेकानिजम भनेको वस्तु तथा सामानको मूल्य माग र आपुर्तिको आधारमा बजारले नै निर्धारण गर्छ ।

कुनैपनि सुपरमार्केटमा सामान किन्नेहरुको एशोसियसन होला त ? तर, यहाँ त पुँजी बजारमा सेयर खरिद गर्नेहरुको एशोसियसन नै छ । वस्तु तथा सामान खरिद गर्ने व्यक्तिहरुको एशोसियसन भयो भने ती नै ले आफुलाई अनुकुल हुने मूल्य निर्धारण गर्छन् । संसारभरी नै बजारमा माग र आपुर्तिको आधारमा वस्तु तथा सेवाको मूल्य निर्धारण हुन्छ । वस्तु तथा सामानको माग अदृष्य तथा सिर्जित हुन्छ ।

नेपालको पुँजी बजारमा शैद्धान्तिक रुपमा कुनै पनि कम्पनीको सेयर माग र आपुर्तिको आधारमा हुन्छ भनिएको छ । तर, वास्तविकतामा यस्ता १५/२० जनाको एशोसियसन सदस्यहरुले निर्धारण गरिरहका हुन्छन् ।

उनीहरुको एशोसियसनबीचमा छलफल होला, कार्य समितिको बैठक वा अन्य भेटभाटमा सेयर खरिद बिक्री गर्ने विषयमा निर्णय गर्छन् । त्यस्ता एशोसियसनका सदस्यहरुलाई समस्या भनेको कुनै पनि कम्पनीको सेयर मूल्य बढ्नु वा घट्नुमा हुन्छ । त्यसमा ती नै एशोसियसनका केही व्यक्तिहरुको चलखेलमा सेयर मूल्य घटबढ हुन्छ ।

बजारको सिद्धान्त भनेको लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर खरिद गर्न ठिक छ/छैन उसको स्वविवेकिय मुल्यांकन, उसले पाएको सुचना र अपेक्षाबाट खरिद तथा बिक्रीमा कस्तो निर्णय गर्छ त्यसमा मूल्य निर्धारण हुनुपर्छ । व्यक्तिगत वा संस्थागत लगानीकर्ताहरुको व्यवहारबाट सेयर मूल्यहरु निर्धारण हुन पर्ने हो ।

नेपालमा यस्ता एशोसिएशनहरुलाई सरकार तथा सम्बन्धित निकायले किन आधिकारिकता, मान्यता दिइरहेका छन् ? उनीहरुसँग वार्ता गर्छन् ? उनीहरुको पहुँच धितोपत्र बोर्डमात्र नभएर देशको सीधै राज्य व्यवस्थाको प्रमुख कार्यकारीसँग हुन्छ । देशको अर्थमन्त्री हुन्छ ।

एउटा लगानीकर्ता लगानीकर्ता एशोसिएशनको अध्यक्षको रुपमा अर्थमन्त्रीलाई सहजै भेटेर आउँछ । प्रतिनिधिसभामा गएर लामा लामा भाषण दिएर आउँछ । र, आफ्ना एशोसियसनका सदस्यलाई ढुक्क भएर लगानी गर्न भन्छ भने यसलाई कसरी बुझुने ?

यसरी देशको कार्यकारी अर्थमन्त्रीसँग वार्ता गरेर आउने लगानीकर्ता एशोसियसनको प्रमुखको भाषणको पछि नै साधारण लगानीकर्ता पनि लाग्छन् । ती एशोसिएशनका सदस्य लगानीकर्ताले सेयरमूल्यलाई तलमाथि गर्न भुमिका खेल्दैनन् भने कसरी भन्छ सकिन्छ ? यस्ता लगानीकर्ताको एशोसियसनलाई मान्यता दिने सरकार र त्यस्ता काट्रेलिङ फोर्सको आधारमा चलाउन खोज्ने बजारमा कसरी कर्नरिङ हुँदैन भन्ने ?

यस्ता लगानीकर्ता फोरमका प्रमुखहरुले केहीसमय अगाडि भाषणमा भन्ने गथ्र्ये ‘इन्डेक्सलाई बढाएर ३३ सय पुर्याएरै छोड्छौँ’ भनेको सुनेको थिए । कुनै व्यक्ति वा लगानीकर्ता फोरमले यतिसम्म पुर्याएरै छोड्छौं भन्नुको मतलब यो बजार कसरी चलेको छ त्यो सहजै अनुमान लगाउन सकिन्छ ।

बैंक तथा वित्तीय संस्थाले कुनैपनि निक्षेपकर्तालाई के करणले गर्दा निक्षेपमा कति ब्याजदर दिएको थाहा हुँदैन । तर, कुनै एक बैंकका डिपोजिटरहरुले एशोसिउसन बनाएर ‘हामीलाई निक्षेपमा यति ब्याज देउ नभए निक्षेप जम्मा गर्दैनौं’ भनेर एकमुष्टरुपमा कार्टेलिङ गरेर जम्म हुने चलन भयो भने त्यो बैक राम्रोसँग चल्न सक्दैन । यस्तो प्रवृतिले बैकिङ सिस्टम नै बिग्रिन्छ ।

त्यस्तै सेयर बजारमा पनि सेयर खरिद बिक्री गर्ने लगानीकर्ताको एशोसियसनले काट्रेलिङ गरेर पुँजी बजारमा माग र आपुर्तिले मूल्य निर्धारण गर्ने सिस्टम बिगारेका हुन् । अहिले सिमित व्यक्तिहरुको हातमा सेयर कर्नरिङ जानु भनेको हाम्रो राज्य सुशानसनको कमजोरी हुन । राज्य सुशासनमा सीधै लगानीकर्ताहरुको पहुँच छ ।

जुन देशमा सेयर लगानीकर्ता स्यम प्रधानमन्त्रीको मिलोभगतमा नीति निर्देशन दिन्छन भन्ने कुराहरु सार्वजनिकरुपमा नै आउँछ । यसमा अर्थमन्त्री, सरकारका सचिवहरु, धितोपत्रबोर्ड, नेप्से, राष्ट्र बैंकका अधिकारहरु सम्मेलित हुन्छन् भने यो मार्केटमा कर्नरिङ अवश्य भइरहेको छ ।

पुँजी बजारमा मौलिक सिद्दान्तमा सेयरको वास्तविक मुल्यांकन गर्ने व्यवसायीक भ्यालुलेटर, पोटफोलियो म्यानेजरहरु हुन्छन् । उनीहरुको गरेको सेयर मुल्यांकन अनुसारको मूल्य हुन्छ । त्यो मूल्यांकन सेयर मूल्य र बजार सेयर मूल्यमा धेरै फरक हुँदैन भने त्यस्तो मार्केट इफिसिएन्ट नै मानिन्छ । तर नेपालमा सेयरको वास्तविक मूल्य कति हो भनेर कुनै पनि एजेन्सीहरु छैनन् । लगानीकर्ताहरुले फोटफोलियो म्यानेजरहरुसँग सल्लाह पनि लिएका हुँदैनन् ।

यसरी केही लगानीकर्ता एशोसियसनहरुको मूल्यांकनले गरेको मूल्य निर्धारण केही खोट आवश्य हुन्छ ।

वल्ड बैंक, आइएमएफले नेपालको अर्थिक वृद्धिलाई कसरी विष्लेशण गरेको छ । हाम्रो आर्थिक गतिविधिहरु कस्तो छ ? कोरोनाले हामी लगानी गर्ने क्षेत्रका कम्पनीहरलाई कस्तो असर पारेको छ ? त्यो स्वयं लगानीकर्ताले विष्लेशण गर्नसक्नु पर्छ ।

अहिले ठुला उद्योग, कम्पनी, फार्महरु विभिन्न निर्माणाधिन परियोजाना, हाइड्रोपावर बन्द छन्, बैंकको नाफा घटेको छ । नाफा बढेको बैंकहरुको पनि अल्पकालिन तथा कृतिम नाफा बढेको छ । कतिपय बैंकहरुले यही सेयर बजारमा लगानी गरेर नाफा संकलन गरेका छन् । यस्ता कारणले गर्दा पनि अहिले नेप्सेमा सुचीकृत कम्पनीहरुको सेयर मूल्यमा वास्तविकता देखिँदैन ।

अहिलेको अवस्थामा नेपालको मात्र नभएर संसारभरमै आर्थिक स्थीति भविष्यमा धेरै राम्रो भएर लगानी गरिएको कम्पनीबाट राम्रो रिर्टन पाइने सम्भावना न्यून छ ।

अहिले नेपालको सेयर कारोबारको स्थीति हेर्दा अस्वाभिक नै देखिन्छ । ४/५ वर्ष अगाडिसम्म दैनिक मुस्किलले ९५ हजार रुपैयाँ हुन्थ्यो । अहिले दैनिक कारोबार १६/१७ अर्ब रुपैयाँ पुगेको छ । दैनिक यति ठुलो परिमाणमा कारोबार हुनलाई यो पैसा कहाँबाट आएको छ ? त्यो सम्बन्धित निकायले ध्यान दिएर छानविन गर्नु पर्ने विषय हो ।

यो सबै बैंकले कर्जा दिएर वा व्यक्तिगत बचतबाट कारोबार भएको भने होइन । विदेशी लगानीकर्ता, एनआरएनको पैसा सेयर बजारमा आएको हो ? कुन स्रोतबाट आएको हो ? यो सबै हेर्ने कुन निकायले हो ?

सेयर बजारमा आएको पैसामा सम्पती सुद्धिकरणको विषय पनि जोडिएको छ । यहाँ कालोधनलाई सेतो बनाउनको लागि अवैध धन, अपराधी, भष्ट्रचारीहरुको पनि पैसा आएको हुन सक्छ । अहिलेको अहिले सबै कारोबार शुन्य भएको अवस्थामा सेयर बजारबाट कालो धनलाई सेतो बनाउन पनि खोजिएको हुन्छ । त्यस्तो पैसाले पनि सेयर मूल्यमा उछाल ल्याएको हुन सक्छ । सेयर बजारभित्र गम्भिर प्रकृतिका वित्तीय विचलन भइरहेको हुनसक्छ । त्यसकारणले गर्दा पनि सेयर बजारको कारोबार अनुसन्धात्मक हुनु पर्छ ।

अर्को विषय भनेको नियामकमा रहेका व्यक्तिहरु कतिको इमान्दार छन् ? उनीहरु इमान्दार भएर कुनै पनि पब्लिक कम्पनीको सेयर खरिद बिक्री गर्ने काम गरेका छन्/छैनन् । उनीहरु इमान्दार भएनन् भने इन्साइडरको ठुलो समस्या हुन्छ ।

नेपालमा इन्साइडरको कुनै पनि नीति नियम छैन । अहिले प्रायः सरकारी कर्मचारी सेयर बजारमा छन् । नियामक निकायका व्यक्ति, उनीहरु निकट परिवार सदस्य सेयर बजारमा भएपछि सुचना चुहावट कसरी हुँदैन भन्ने ? यस्ता सुचनामा पहुँच हुने नियामकिय निकायका इनसाइडरहरुको व्यापक मात्रामा प्रवेश भएको छ । यस्तो अवस्थाको नेपाली पुँजी बजार कुनै पनि नीति निर्देशनमा पुर्णरुपमा आवद्ध छैन ।

अहिलेकै अवस्थामा सेयर बजार चल्ने हो भने भविष्यमा नेपालको अर्थ व्यवस्थाको विनासतर्फ जाने लक्षण प्रष्ट छ । यस्तो विषयमा सम्बन्धित निकाय, सरोकारवाला पक्षले समयै सही नियृण गरी आवश्यक कदम चाल्नु पर्ने हुन्छ । (नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भट्टसँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु