नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित



काठमाडौं । नेपाल फाइनान्सले ललितपुर फाइनानसलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल फाइनान्सको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

प्राप्ति (एक्विजिसन) गरिसकेपछि संस्थाको प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त ब्यवस्था गर्न र नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम लगत कट्टा, आबश्यक संसोधन÷परिमार्जन लगायतका कागजातहरु तयार गर्ने विवरण उपलब्ध गर्न गराउन लगायतका कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरिएको छ ।

२०४९ सालमा स्थापना भएको निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकालदेखि हालसम्म आफ्नै इतिहास वोकेको छ ।

उक्त सभामा शेयरधनीहरुले समस्याग्रस्तबाट फूकुवा भएको छोटो समयमा नै संस्थाले खराब कर्जा असूलिमा उल्लेखनीय प्रगती गरेको, शाखा सञ्जाल बिस्तार गरेको, ललितपुर फाइनान्सलाई प्राप्ति गर्न सफल भइसकेको छ ।

नेपाल फाइनान्सको सञ्चालक प्राध्यापक हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापति, रोजिना श्रेष्ठ, लक्ष्मी महर्जन, तथा स्वतन्त्र सञ्चालकमा आनन्दकृष्ण ताम्राकारको उपस्थिती थियो ।


क्लिकमान्डु